गण्डकी प्रदेशका आधा परिवार रेमिट्यान्सको भरमा, घरायसी खर्च मै सकिन्छ अधिकांश रकम

0
Shares

गण्डकी प्रदेशका आधा घर परिवारको खर्च रेमिट्यान्सले धानेको पाइएको छ । घर परिवारका सदस्यलाई बैदेशिक रोजगारीमा पठाउनुको पहिलो उद्देश्य नै जिवनस्तर सुधारका लागि भएकाले पनि परिवार खर्चको मूख्य स्रोत रेमिट्यान्स बनेको हो ।

नेपाल राष्ट्र बैंक पोखराले गरेको अध्ययन अनुसार गण्डकी प्रदेशका ४५ प्रतिशत घरपरिवारको आय स्रोत रेमिट्यान्स रहेको पाइएको हो। रेमिट्यान्सले परिवारको जीवन स्तरमा मात्र सुधार नगरी खर्च समेत बढाएको अध्ययनको निष्कर्ष छ । सदस्य बैदेशिक रोजगारीमा रहेको परिवारले पारिवारिक सुधार तथा टिकाउ सामाग्रीमा खर्च बढाउने गरेका छन् । त्यसले गर्दा पनि परिवारको खर्च बढेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय औसत उमेर ३८ अनुसार गण्डकी प्रदेशका ४५ प्रतिशत घर परिवारले रेमिट्यान्स भित्राउछन् । त्यसका साथै गण्डकी प्रदेशका घरपरिवारको खर्च औसत राष्ट्रिय खर्च भन्दा धेरै रहेको अध्ययनले देखाएको छ । त्यसमा यस प्रदेशका घरपरिवारले खाना, मासु, उर्जा, कपडा, शिक्षा लगायतका क्षेत्रमा औसत भन्दा धेरै खर्च गर्ने गरेको अध्ययनको ठहर छ ।

गण्डकी प्रदेशमा महिला प्रमूख भएका ३७ प्रतिशत घरपरिवारले रेमिट्यान्स भित्राउछन । तर, महिला प्रमुख रहेका १७ प्रतिशत घरपरिवारले भने रेमिट्यान्स भित्राउदैनन । तर, रक्सी र कृषि समाग्रीका लागि गरीएकोखर्च बाहेक रेमिट्यान्स आउने र नआउने परिवारको खर्चमा खासै भिन्नता नरहेको अध्ययनले औल्याएको छ ।

तर, पुरुष प्रमूख भएको घरपरिवारमा खाना, रक्सीमा धेरै खर्च गर्ने गरेको पाइएको छ । त्यसका साथै पुरुष प्रमुख भएको घर परिवारको तुलनामा महिला प्रमूख भएको परिवारमा शिक्षाका लागि धेरै खर्च हुने गरेको पाइएको छ । त्यसका साथै आन्तरिक उत्पादन पनि महिला प्रमूख भएको घरमा धेरै हुने गरेको अध्ययनको ठहर छ । तर, महिला सदस्य धेरै भएको परिवारमा अन्य खर्चको तुलनामा शिक्षामा निकै न्यून रहने गरेको अध्ययनले देखाएको छ ।

केन्द्रीय बैंकको उक्त अध्ययन अनुसार रेमिट्यान्सले घरपरिवार खर्च बढाएको तथा जिवनस्तर सुधारका लागि मात्र खर्च हुने गरेको औल्याएको छ । तर, रेमिट्यान्सलाई विविधिकरण गरेर लगानी गर्ने अभ्यास नदेखिएको औल्याएको छ । राज्य संयन्त्रले रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न जोड दिने खालका नीति अबलम्बन गरेको भएपनि सो अनुसार लगानी हुन नसकेको देखिन्छ । त्यसका साथै आयात तथा उपभोग बढ्नुको मूख्य कारण पनि रिमेट्यान्स नै मूख्य रहेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।