प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा प्रसाई

0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई चयन भएका छन् । सञ्चालक समितिको बैठकले बुधबार प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट दिएको राजीनामा स्वीकृत गरेसँगै प्रसाईलाई निमित्त सीईओको जिम्मेवारी तोकेको हो ।

चार्टर्ड अकाउण्टेण्ट समेत रहेका प्रसाई प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर हुनुअघि प्रभु लाइफमा सीईओ रहेका थिए । नेपाल लाइफमा लामो समय काम गरेका प्रसाई अनुभवी बीमा प्रसासक हुन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी महालक्ष्मी लाइफसँग मर्जरमा गएपछि महालक्ष्मी लाइफका सीईओ भट्टराईले भागबण्डामा प्रमुख कार्यकारी अधिकृत पाएपछि प्रसाई बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा रहेर काम गरिरहेका थिए ।

प्रसाईंले बीमा क्षेत्रमा आफ्नो करिअरको सुरुवात तत्कालीन बीमा समितिमा ७ वर्ष काम गरेका थिए । त्यहाँबाट नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाईंले ४ वर्ष बढी त्यहाँ काम गरेपछि ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

मर्जरपछिको संस्थामा प्रभु लाइफले अध्यक्ष पद पाएको थियो । कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।