नेप्सेसँगै निरन्तर घट्दै दैनिक कारोबार, बिहीबार पौने चार अर्बमा सीमित

0
Shares

सेयर बजार मापक सूचक नेप्से ओरालो लाग्ने थालेसँगै दैनिक कारोबार रकमपनि सोही अनुसार घट्दै गएको छ । माघ ३ गते पौने दश अर्बको सेयर खरिद बिक्री भएकोमा त्यसपछिका दिनहरुमा निरन्तर रुपमा कारोबार रकम घट्दो क्रममा देखिएको छ ।

तथ्याङ्क अनुसार माघ २ गते मंगलबार अघिल्लो दिनको तुलनामा २ अर्ब ५७ करोडले बढेर ८ अर्ब २ करोडको कारोबार भयो । माघ ३ गते बुधबार १ अर्ब ७४ करोडले बढेर ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछिका दिनहरुमा माघ ४ गते बिहीबार १ अर्ब ५९ करोडले घटेर ८ अर्ब १७ करोड, ७ गते आइतबार ४९ करोड ७२ लाखले घटेर ७ अर्ब ६७ करोड, ८ गते १ अर्ब ३१ करोडले घटेर ६ अर्ब ३६ करोड, ९ गते मंगलबार २ अर्ब ७ करोडले घटेर ४ अर्ब २९ करोड, १० गते बुधबार ३९ करोड ७५ लाखले घटेर ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । माघ ११ गते बिहीबार बुधबारको तुलनामा १३ करोड २५ लाख रुपैयाँले घटेर ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ९१ हजार ३६४ वटा सङ्ख्यामा खरिद बिक्री भएका छन् ।

Date NEPSE Index Point Change % Change Turnover Turnover Growth/decline %
Magh 11, Thusday 2,084.09 -3.94 -0.18 3,764,505,450.97 -3.40%
Magh 10, Wednesday 2,088.04 -10.25 -0.48 3,897,022,598.98 -9.26%
Magh 9, Tuesday 2,098.29 -0.4 -0.01 4,294,566,751.66 -32.54%
Magh 8, Monday 2,098.69 -31.49 -1.47 6,366,070,003.35 -17.08%
Magh 7, Sunday 2,130.18 -25.63 -1.18 7,677,740,058.03 -6.08%
Magh 4, Thusday 2,155.82 -7.24 -0.33 8,174,986,282.97 -16.32%
Magh 3, Wednesday 2,163.06 -12.1 -0.55 9,768,969,868.61 21.75%
Magh 2, Tuesday 2,175.17 54.54 2.57 8,023,862,406.68 47.22%

बिहीबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ बिन्दुमा अडिएको छ । बिहीबार सहित नेप्से परिसूचक निरन्तर सातौं कारोबार दिन घटेर बन्द भएको हो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ। 

बिहीबार कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ५ ओटा बढेको छ भने ८ ओटा घटेको छ। यसदिन बैंकिङ्ग, विकास बैंक, फाइनान्स, म्युचुअल फण्ड र व्यापार बढेको हो । सबै १ प्रतिशतभन्दा कमले मात्र बढेका छन् । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ।आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । २० कम्पनीको स्थीर रहेको छ ।

यसदिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ६७ लाख २६ हजार रुपैयाँ बराबरको ४ लाख ३९ हजार ८५९ कित्ता सेयर १५ हजार ८८६ ओटा सङ्ख्यामा खरिद बिक्री भएको हो । यस्तै ङादी ग्रुप पावरको सर्वाधिक ५ लाख ९९ हजार ७६१ कित्ता सेयर १९ करोड ६५ लाख ७३ हजार रुपैयाँमा कारोबार भएको छ । अरुण कावेली पावरको ९ करोड १८ लाख, अपि पावर ९ करोड ८ लाख तथा एनआरएन इन्फ्रास्टक्चर एड डेभलपमेन्ट लिमिटेडको ७ करोड ७४ लाख रुपैयाँको कारोबार भयो ।

बिहीबारको बजारमा सामलिङ पावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतका दरले बढेर ५३२ रुपैयाँ ९० पैसा पुगेको छ । यसैगरी मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ८.७९ प्रतिशत, इन्फिनिटी लघुवित्त ८.१२ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ७.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले पनि आजको बजारबाट ५.९१ प्रतिशतका दरमा नाफा बढाएका छन् ।

उता बिहीबार सिटिजन्स म्युचुअल फण्डका इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् । फन्डका इकाईमूल्य ५.०३ प्रतिशतका दरले घटेको छ । यस्तै धौलागिरी लघुवित्तको सेयर मूल्य ४.३५, महुली लघुवित्त ४.१०, तेह्रथुम पावर ४.०५ र सेञ्चुरी डिबेञ्चरको मूल्य ३.८४ प्रतिशतले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।