सानिमा रिलायन्स लाइफको छैठौं एजीएम सम्पन्न, ६ सञ्चालक निर्विरोध

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिहीबर छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालक समिति सदस्य निर्विरोध चयन गरेको हो ।

कम्पनीको सञ्चालकहरुमा संस्थागत सेयरधनीहरुबाट सुवर्ण दास श्रेष्ठ, भरत कुमार तोदी, कुमार प्रसाद कोइराला र रतनलाल केडिया चयन भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीको तर्फबाट केशवराज केसी र परिक्षित खेमका निर्विरोध चयन भएका हुन् । ६ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध संचालक चयन भएका हुन् ।

सभाबाट विशेष प्रस्ताव स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव स्वीकृत भएको छ ।
साथै सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको भने आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभाले स्वीकृत गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ बाट लगानीकर्तालाई कुनैपनि लाभांश भने वितरण गरेन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।