हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित ८.६३ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता ६०७ रुपैयाँ ५७ पैसा भाउ निर्धारण गरेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य ६६० रुपैयाँका आधारमा नेप्सेले ८.६३ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ भाउ तोकेको हो ।
सेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज तोकेको छ । बुकक्लोज गरेसँगै आइतबार नेप्सेले समायोजन गरेको सेयर भाउ ६०७ रुपैयाँ ५७ पैसालाई आधार मानेर आइतबार हिमालयन एभरेष्टको कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।