डेडिकेटेड र ट्रंक लाइन विवाद : प्राधिकरण र उद्योगीलाई १० दिनभित्र प्रमाण पेस गर्न निर्देशन


डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद समाधानका लागि गठन भएकोे जाँचबुँझ आयोगले उद्योगी र विद्युत् प्राधिकरणलाई १० दिनभित्र आवश्यक कागजात र प्रमाणहरू पेस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकले गरेको निर्णयबारे शुक्रबार सूचना प्रकाशन गर्दै आ–आफ्ना विषय राखी प्रमाण बुझाउन आयोगले निर्देशन दिएको हो ।

आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र त्यस्तो सेवा प्रदान गर्ने प्राधिकरणलाई माघ २१ गतेसम्मको समय दिएको छ ।

जारी सूचनामा भनिएको छ, “आयोगले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुल सम्बन्धी विषयमा विद्युत सेवाको आपूर्तिको व्यवस्था मिलाउने नेपाल विद्युत प्राधिकरण र त्यस्तो विद्युत उपभोग गर्ने सरोकारवाला उद्योगी व्यवसायीहरुले आ–आफ्ना विषयहरु राखी आवश्यक कागजात प्रमाणहरु संलग्न गरी आयोग समक्ष १० दिन भित्र निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।”

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार  ०७ : ५२ बजे