पुससम्म साढे चार करोडको निर्जीवन लघुबीमा व्यवसाय

0
Shares

निर्जीवन लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस समान्तसम्ममा ४ करोड ५० लाख ६७ हजार रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ६ महिना अवधिमा कम्पनीहरुले २० हजार ३७३ वटा निर्जीजन बीमालेख जारी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पुस महीनामा मात्रै तीन ओटा कम्पनीहरुले ८ हजार १७३ ओटा बीमलेख बिक्रीबाट १ करोड ५३ लाख ५३ हजार रुपैयाँ बीमशुलक संकलन गरेका छन् ।

सञ्चालनमा रहेका निर्जीवन लघुबीमा कम्पनीहरुमध्ये पुस मसान्तसम्म आइपुग्दा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेकोछ । सो कम्पनीले पुस मसान्तसम्ममा १३ हजार ९२२ ओटा बीमालेख बिक्रीबाट २ करोड ३७ लाख ५७ हजार रुपैयाँको कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले पुसमा मात्रै ५ हजार ७८५ ओटा बीमालेख बिक्रीबट ९६ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क उठाएको हो ।

यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा ३ हजार ७६३ ओटा बीमालेख बिक्रीबाट १ करोड ६५ लाख २२ हजार रुपैयाँको कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले पुसमा मात्रै ७१२ ओटा बीमालेख बिक्रीबट २६ लाख ७१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा २ हजार ६८८ ओटा बीमालेख बिक्रीबाट ४७ लाख ८८ हजार रुपैयाँको कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले पुसमा मात्रै १ हजार ६६७ ओटा बीमालेख बिक्रीबट ३० लाख ९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

बीमा समितिबाट ट्रष्ट माइक्रो इन्स्योरेन्सले पनि निर्जीवन लघुबीमाको इजाजत पाएकोमा उक्त कम्पनीले व्यवसाय प्रारम्भ गरेको छैन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।