श्री डिष्टिलरीले प्रिमियममा आईपीओ निष्काशन गर्दै

0
Shares

श्री डिष्टिलरी लिमिटेडले अंकित मूल्यमा प्रिमियम थप गरेर सार्वजनिक निष्कासन (आइपीओ) बिक्री गर्ने भएको छ ।  कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ४ गते साधारण सभा बोलाएको छ । सभा एभोकाडो क्याफे प्रालि, बालुवाटार, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । यसैगरी संस्थापक र सर्वसाधारणलाई बिक्री गरिने सेयर प्रतिशत संशोधन गरी नियमावलीके सम्बन्धित नियम संशोधन गर्नेछ । साथै कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब र आव २०८०–८१ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पुर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गर्ने एजेण्डा रहेको छ ।

श्री डिष्टिलरी सन् १९८० मा स्थापना भएको नेपाली मदिरा उद्योगमा प्रख्यात नाम हो । सुरुमा ४ वटा ब्राण्डको मात्रै स्वदेशी मदिरा उत्पादन गर्दै आएको श्री डिस्टिलरीले व्यापारको वृद्धिसँगै प्रतिस्पर्धासँगै रेक्टिफाइड स्पिरिट बाहेक एक्स्ट्रा न्यूट्रल अल्कोहल पनि उत्पादन गर्न थालेको थियो ।

हाल श्री डिष्टिलरीसँग स्वदेशी मदिरा र ह्विस्की र रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड रहेका छन् । माउन्ट एभरेष्ट ह्विस्की र किंग्स प्राइड विदेशी मदिरा क्षेत्रका प्रिमियम ब्रान्डहरू हुन्। माउन्ट एभरेष्ट ह्विस्की पनि जर्मनीमा समेत निकासी भएको ब्राण्ड हो ।

स्वदेशी मदिराको प्रमुख ब्रान्ड कारभानले पनि उल्लेखनीय बजार हिस्सा हासिल गर्न सफल भएको छ । श्री डिस्टिलरी मदिरा व्यवसायमा आईएसओ ९००२ बाट प्रमाणित हुने देशको पहिलो उद्योग हो । श्री डिस्टिलरी भन्दा पहिले नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रमा मदिरा व्यवसाय गर्ने कुनै पनि कम्पनीले आईएसओ ९००२ प्रमाणिकरण पाएका थिएनन् ।

आफ्नो उत्पादन बढाउने बाटोमा रहेको कम्पनीले मोरिसन बोमोर डिस्टिलर्स लिमिटेड, टी एन्ड ए म्याकक्लेल्यान्ड लिमिटेड, ग्लासगो, स्कटल्याण्ड (युके) सँग सम्झौता गरेको छ । श्री डिष्टिलरीले स्थान मदिराको बजारमा अग्रस्थान रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।