नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निरौला

0
Shares

नेको इन्स्योरेन्स लिमिटेडको शुक्रबार सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएको छ । लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न भएको कम्पनीको साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट २ जना र साधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ५ जना सञ्चालकहरुलाई निर्वाचित गरेको हो ।

संस्थापक सेयरधनीका तर्फबाट रमेश कुमार निरौला र कृषि विकास बैंकको तर्फबाट बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्वाचित भएका छन् । यस्तै साधारण सेयरधनीको तर्फबाट भरत कुमार अधिकारी, भानुभक्त पोखरेल र डा. निलिमा श्रेष्ठ चयन भएकी छिन् ।

निर्वाचन पश्चात् बसेको ४५७ औं सञ्चालक समितिको बैठकले रमेश कुमार निरौलालाई सञ्चालक समितिको अध्यक्षको रुपमा चयन गरेको छ ।

नेकोले गत आर्थिक वर्ष २०७९–८० बाट सेयरधनीलाई कुनैपनि लाभांश दिएन । अघिल्लो वर्ष कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।