सपोर्ट लघुवित्तको नाफा २४६% ले बढ्यो

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २४६.८२ प्रतिशतको उच्च सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८६ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको हो ।

अघिल्लो पुसमा लघुवित्तले २४ लाख ९१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी पनि ९ करोड ९६ लाखबाट बढेर ११ करोड ४१ लाख पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ३३ लाख ६९ हजार रुपैयाँबाट ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा समीक्षा अवधिमा ३.५३ प्रतिशत कायम रहेकोमा २०८० पुससम्ममा खराब कर्जा १.५४ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ०.३४ प्रतिशतले बढेर ५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको लघुवित्त कम्पनीको पुस मसान्तसम्ममा वार्षिक प्रतिसेयर आम्दानी १८.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२६.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.४९ गुणा छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।