आइएमई लाइफको मुनाफामा छलाङ्ग, ९६% ले बढ्दा साढे २३ करोड

0
Shares

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद मुनाफामा छलाङ्ग मारेको छ । कम्पनीले अघिल्लो पुसको तुलनामा गत पुससम्ममा ९६.१४ प्रतिशतले नाफा वृद्धि गरेको हो ।  विसं २०८० पुसमा कम्पनीको खुद मुनाफा २३ करोड ४७ लाख २५ हजार रूपैयाँ कायम भएको छ । २०७९ पुससम्म यस्तो नाफा ११ करोड ९६ लाख ७५ हजार रूपैयाँ थियो ।

यस्तै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क संकलन ११ं२० प्रतिशतले बढेर १ अर्ब ९९ करोड ५७ लाख कायम भएको छ । २०७९ पुससम्ममा कम्पनीले १ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ संकलन गरेको थियो । कम्पनीको लगानी कर्जा तथा अन्य आय ८५ प्रतिशतभन्दा बढीले बढेर ६३ करोड ९२ लाख ७१ हजार रुपैयाँ कायम हुँदा बीमालेख धितोमा प्रवाहित कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी ३२ प्रतिशतभन्दा बढीले घटेर १ करोड ४२ लाख आम्दानी भएको छ ।

चुक्ता पुँजी ४ अर्ब रूपैयाँ रहेको कम्पनीको सेयर प्रिमियममा १ अर्ब ५३ करोड ३४ लाख ६ हजार र रिटेर्न अनिङ्गमा ८५ करोड २ लाख ७२ हजार रूपैयाँ सञ्चित छ । समीक्षा अवधिमा सेयर प्रिमियम ०.१६ प्रतिशतले घट्दा रिटेर्न अनिङ्ग साढे ३२ प्रतिशतले बढेको हो । अन्य इक्वीटी रकम ५५ करोड ३६ लाख रूपैयाँ छ । कम्पनीको पुस मसान्तसम्म वार्षिक प्रतिसेयर आम्दानी ४७ रूपैयाँ २९ पैसा र प्रति सेयर नेटवर्थ भने १७७ रूपैयाँ २७ पैसा छ । महाविपत्ति कोष पनि १८ प्रतिशतले बढेर १५ करोड ३५ लाख २३ हजार पुगेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६४ करोड ८४ लाख ६५ हजार रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने २ अर्ब १६ करोड ५३ लाख ४२ हजार रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । अघिल्लो आवको यसै अवधिमा २ अर्ब ४ करोड ५७ लाख ६ हजार रुपैयाँ थियो । यस्तै कमिशन खर्च ९ प्रतिशत घटेर २० करोड द्ध४ लाख कायम छ ।

कुल बीमाशुल्क आम्दानी २ अर्ब १० करोड रूपैयाँभन्दा बढी छ । गत आवको दोस्रो त्रैमाससम्म १ अर्ब ८७ करोड १ लाख रूपैयाँ रहेकोमा १२ प्रतिशत बढी बढेको हो ।

कम्पनीको कुल दाबी भुक्तानी पनि करिब ४८ प्रतिशतट बढेको छ । गत आवको यसै अवधिसम्म ६३ करोड २९ लाख रूपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले हाल ९३ करोड ४४ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।