सिटिजन लाइफको सञ्चालकमा दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन भएका छन् । कम्पनीको आइतबार सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीतर्फबाट उनीहरु सञ्चालक निर्वाचित भएका हुन् ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको कुल ५.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । सभाले चुक्ता पुँजी ३ अर्ब ७५ करोडको ५ प्रतिशत बराबरले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश अनुमोदन गरेको हो । बोनस पारित भएसँगै सिटिजन लाइफको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ भने आव २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।