स्वरोजगार लघुवित्तले घटाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले घटाएर लाभांश वितरणको प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश १५.७९ प्रतिशत बिन्दुले घटेको हो ।

स्वरोजगारको माघ १५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तलको यो लाभांश हालसम्मकै कम हो । 

अघिल्लो आव २०७८–७९ बाट कम्पनीले चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

यस्तो छ लघुवित्तको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 7.00 0.37 7.37
2 2078/2079 22.00 1.16 23.16
3 2077/2078 25.00 0.00 25.00
4 2076/2077 12.39 0.65 13.04
5 2075/2076 26.75 1.40 28.15
6 2074/2075 20.00 1.05 21.05
7 2073/2074 16.66 0.88 17.54
8 2072/2073 30.40 1.60 32.00
9 2071/2072 34.20 1.80 36.00
10 2070/2071 27.39 20.00 47.39
11 2069/2070 0.00 19.00 19.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।