सन् २०२३ को टप-सेलिङ अटोमेकरको अवार्डबाट टोयोटा सम्मानित

0
Shares

जापानी अटोमेकर कम्पनी–टोयोटा सन् २०२३ मा टप–सेलिङ अटोमेकर अवार्डबाट सम्मानित भएको छ । यस सँगै टप–सेलिङ अटोमेकर अवार्डबाट टोयोटा चौथो पटक सम्मानित भएको हो ।

सन् २०२३ मा कम्पनीले १ करोड १२ लाख कारहरुको बिक्री गरेको छ । गत वर्षको तुलनामा कम्पनीको सेल्स ७.२ प्रतिशतले बढेको हो । कम्पनीका सबैभन्दा बढी बिक्री हुने कारहरुमा दाइह्यात्सु मोडलको कार रहेको छ ।

यस्तै टप–सेलिङ कारको दोस्रो शीर्ष स्थानमा जर्मन अटोमेकर–फक्सवागन रहेको छ। सन् २०२३ मा फक्सवागनले विश्वव्यापी रुपमा ९२ लाख कारहरु बिक्री गरेको हो। सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण विश्वव्यापी रुपमा सेमीकन्डक्टरको अभाव चर्किएको थियो । जसकारण अटो कम्पनीहरुको उत्पादन प्रभावित बनेको थियो ।

विगत एक दशकदेखि वार्षिक १ करोड बढी कारहरु डेलिभर गर्दै आएको टोयोटाले कोभिड– १९ संक्रमणको समयमा कारहरुको उत्पादन प्रभावित हुँदा डेलिभरीमा समेत कमी आएको थियो । जसकारण सन् २०२० मा टोयोटा टप–सेलिङ अटोमेकरको शीर्ष स्थानबाट बाहिरिएको थियो । तर सेमीकन्डक्टरको उपलब्धता सहज हुँदै गएपछि टोयोटाले पुनः टप–सेलिङ अटोमेकर शीर्ष स्थानमा आफ्नो स्थान सुरक्षित गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।