शंकर ग्रुपको जगदम्बा अटोमोबाइल्स भारतीय कम्पनी बोल्टको आधिकारिक बिक्रेता नियुक्त

0
Shares

व्यापारिक घराना शंकर ग्रुपको लगानी रहेको जगदम्बा अटोमोबाइल्स भारतीय कम्पनी– बोल्ट अडियोको नेपालका लागि आधिकारिक बिक्रेतामा नियुक्त भएको छ।

बोल्ट अडियो र जगदम्बा अटोमोबाइल्सले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै बोल्टले उत्पादन गर्ने विभिन्न एसेसोरिज नेपाली बजारमा उपलब्ध हुनेछन् ।

बोल्ट अडियो सन् २०१७ मा स्थापना भएको कम्पनी हो । वरुण गुप्ता र तरुण गुप्ताले स्थापना गरेको कम्पनीले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरु डिजाइन र निर्माण गर्दै आएको छ ।

जगदम्बा मोबाइल्सले ग्राहकको माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्टवाच र ट्रु वायरलेस स्टेरियो (टीडब्लुएस) इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो समय अडियो एसेसरिजहरुको माग तीब्र गतिमा बिक्री भइरहेको छ । बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ । नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।