मोटर बीमा निर्देशिका संशोधनको तयारीमा प्राधिकरण, मस्यौदा उपर फागुन १ सम्म सुझाव दिन सकिने

0
Shares

नेपाल बीमा प्राधिकरणले मोटर बीमा सम्बन्धि निर्देशिका परिमार्जन गर्ने तयारी गरेको छ । निर्देशिका परिमार्जनका लागि प्राधिकरणले मस्यौदा तयार पारी राय सुझावको लागि सार्वजनिक गरेको हो ।

प्राधिकरणले तयार पारेको मस्यौदा उपर फागुन १ गतेसम्म लिखित सुझाव दिन सकिने प्राधिकरणले जनाएको छ। सरोकारवालाहरुसँग आवश्यक राय, सुझाव तथा सल्लाह माग गरिएको छ ।

प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ अनुरुप सवारी साधन सम्बन्धी बीमालाई थप व्यवस्थित तथा सरलीकृत बनाउन भन्दै निर्देशनको मस्यौदा बनाएको हो ।

यहाँबाट हेर्नुहोस् मस्यौदा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।