घोराही सिमेन्टमा दुई सञ्चालक चयन

0
Shares

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडमा स्वतन्त्र र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक चयन भएका छन् ।  कम्पनीको पुस २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट मिलन सिग्देल र स्वतन्त्र सञ्चालकमा विमल प्रसाद ढकाल चयन भएका हुन् ।

कम्पनीको उक्त सभाले आव २०७९–८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो । साधारण सभाका लागि तोकिएको बुकक्लोज अनुसार उक्त बोनस सेयर पुस १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र पाउनेछन् । कम्पनीले ३३५ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँ दरमा ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।