सिजी ग्रुपको ‘सिजी प्रिमियम हिल्स’ कोलोनीको निर्माण ५३ प्रतिशत सम्पन्न

0
Shares

सिजी ग्रुपको लगानी रहेको सिजी हिल्स प्रालिले भैंसीपाटीमा ५२ बङ्गला सहितको कोलोनी निर्माण गरिरहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को ५ महिना सम्ममा ‘सिजी प्रिमियम हिल्स’ परियोजना अन्तर्गत निर्माण भइरहेका बङ्गलाको निर्माण कार्य ५३ प्रतिशत सम्पन्न भएको छ। कम्पनीले सन् २०२४ को डिसेम्बर महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

चालु आवको मंसिरसम्ममा कम्पनीले निर्माण गरेको ६३ प्रतिशत सम्पत्ति बूक भइसकेको छ । तथापि हालसम्म ५३ प्रतिशत मात्रै कार्य सम्पन्न भएकाले कम्पनीले तोकेको समयमा निर्माण कार्य सम्पन्न हुन्छ वा हुँदैन भन्नेमै अन्योल छ । तथापि कम्पनीले यस अघि काठमाडौंका विभिन्न ठाउँहरुमा काठमार्डौ रेसीडेन्सी, माउन्ट भीउ रेसीडेन्सी, सिजी हिल्स हात्तीगौंडा लगायतका परियोजना सफलता पूर्वक सम्पन्न गरी ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले यसअघि सञ्चालन गरेका परियोजनाहरु सफल भएकाले सिजी प्रिमियम हिल्स आयोजना पनि सफल हुने विश्वास गरिएको छ । पछिल्लो समयमा रियल स्टेट क्षेत्रमा मानिसहरुको रुचि त्यति धेरै देखिँदैन । अर्थतन्त्र कमजोर हुँदा रियल स्टेट क्षेत्रले द्रुत गति लिन सकेको छैन । जसको प्रभाव कम्पनीले निर्माण गर्दै आएको बङ्गलाहरुको बूकिङमा पर्ने देखिन्छ ।

काठमाडौंमा बसोबास गर्ने मानिसहरुको सङ्ख्या बढिरहेको छ । जसकारण काठमाडौँमा निर्माण भइरहेका बङ्गला तथा कोलोनीहरुमा मानिसहरुको रुचि देखिन्छ। यस्तै नेपाल राष्ट्र बैंक र सरकारले समेत रियल स्टेट क्षेत्रलाई गति दिन नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यी विषयलाई ध्यानमा राख्दा सिजी हिल्सको यो परियोजना सफल हुने देखिन्छ ।

कुल ९० करोड कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ८५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।