व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

0
Shares

बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरीलाई काठमार्डौं जिल्ला अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले तत्कालीन बाँसबारी छाला जुत्ता सञ्चालक समितिका अध्यक्ष अजित नारायण थापालाई समेत थुनामा राख्ने आदेश दिएको हो ।

बिहीबार पक्राउ परेका चौधरीमाथि अनुसन्धानका लागि जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरोलाई चार दिन थुनामा राख्ने अनुमति दिएको हो । सीआईबीकी प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो ।

चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।