हात्ती प्रभावित क्षेत्रमा ६ फिट अग्लो पर्खाल


इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ ।

दैनिक रुपमा आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण सुरु गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।

इटहरी– २ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् । जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ ।

स्थानीयलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा पूर्व ६ फिट अग्लो पर्खाल बनाउन सुरु गरेको उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।