चार विकास बैंकले बनाए सेयरधनीको हात खाली, मख्ख बनाउने सात मात्रै

0
Shares

सञ्चालनमा रहेका सोह्र विकास बैंकमध्ये गत आर्थिक वर्ष २०७९–८० को मुुनाफाबाट चार ओटा विकास बैंकले सेयरधनीलाई लाभांश वितरण गरेनन् । यी कम्पनीले लाभांश वितरण नगरेसँगै ती बैंकका लगानीकर्ताको यस वर्ष हात खाली भएको छ ।  यसरी लाभांश वितरण नगर्नेमा ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।

उक्त आर्थिक वर्षबाट सात ओटा विकास बैंकले भने सेयरधनीलाई लाभांश वितरण गरेका छन् । लाभांश वितरण गरेका बैंकमध्ये गत आवबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक ११.०५ प्रतिशत लाभांश वितरण गरेको छ । शाइनले उक्त आवबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

यस्तै सांग्रिला विकास बैंकले सबैभन्दा कम लाभांश वितरण गरेको छ। सांग्रिलाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Sector -Development Banks Bonus Cash Total Bookclose AGM
Shine Resunga Development Bank 10.50 0.55 11.05 Mangsir 11, Monday Mangsir 23, Saturday
Muktinath Bikas Bank Ltd. 9.75 0.51 10.26 Poush 19, Thusday   Poush 28, Saturday
Miteri Development Bank Limited 9.50 0.5 10.00 Mangsir 28, Thusday Poush 14, Saturday
Garima Bikas Bank Limited 9.50 0.50 10.00 Poush 17, Tuesday Poush 29, Sunday
Lumbini Bikas Bank Ltd. 4.00 4.50 8.50 Poush 17, Tuesday Poush 26, Thusday 
Mahalaxmi Bikas Bank Ltd. 0.00 6.40 6.40 Poush 19, Thusday   Poush 28, Saturday
Shangrila Development Bank  5.00 0.26 5.26 Mangsir 11, Monday Mangsir 24, Sunday
Kamana Sewa Bikas Bank Limited       Mangsir 29, Friday Poush 17, Tuesday
Jyoti Bikas Bank Limited       Poush 16, Monday  Poush 29, Sunday
Saptakoshi Development Bank       Poush 17, Tuesday Poush 29, Sunday
Sindhu Bikash Bank Ltd        –

 

पाँच विकास बैंकले अझै गरेनन् घोषणा

माघ २२ गते सोमबारसम्म पनि अझै पाँच विकास बैंकले लाभांश घोषणा गरेका छैनन् । एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले हालसम्म पनि लाभांश घोषणा नगरेका हुन् ।

लाभांश घोषणा गरेका सात र लाभांश नदिएका चार गरी एघार मध्ये सिन्धु विकास बैंक बाहेक सबैले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।