कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी आह्वान


कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले मंगलबार एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका पाँचौं तहका पदहरुको लागि खुल्ला तथा समावेशी प्रतियोगित्मक परिक्षादवार रिक्त रहेको विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

उम्मेद्वारहरुले आयोगको अनलाइन दरखास्त प्रणली https://ppsc.karnali.gov.np/ बाट आवेदन दिन सक्ने छन् । प्रत्येक विज्ञापनको लागि दरखास्त दस्तुर ५०० रुपैयाँ बुझाउनु पर्ने छ । समावेशी वर्फ थप विज्ञापनमा आवेदन दिने उम्मेद्वारले थप समूहको लागि थप २५० रुपैयाँ बुझाउनु पर्ने छ ।

आयोगले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।