नेशनल लाइफको चामत्कारिक सुधार, खुद नाफा साढे २५ करोड नाघ्यो

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा २५ करोड ५१ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा २१ करोड ८२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा १६.९१ प्रतिशतले बढेको हो । देश आर्थिक संकटमा रहेको समयमा नै नेशनल लाइफले व्यवसाय र मुनाफा दुवै वृद्धि गरेको हो ।

चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रहेको इन्स्योरेन्सको नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि १ रुपैयाँ ४७ पैसाले बढेर १० रुपैयाँ १८ पैसा कायम भएको छ । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा, प्रति सेयर कूल सम्पत्तिको मूल्य १६१०५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ५९.२२ गुणा छ ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै बीमाशुल्क आर्जन, रिटेर्न अर्निङ्गस्, लगानीबाट प्राप्त आय, प्रतिसेयर आम्दानी लगायतका सबै सूचाङ्क बढेको हो । यसरी कम्पनीले खराब आर्थिक अवस्थाका बाबजुत उत्कृष्ट नतिजा दिन कम्पनी सफल भएको हो ।
चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको नेशनल लाइफ इन्स्योरेन्सको सेयर प्रिमियममा २ करोड ७८ लाख ४८ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख ९७ हजार रुपैयाँ सञ्चित छ । त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग गत पुसको तुलनामा ६०.२८ प्रतिशत वृद्धि हुँदै ६० करोड १८ लाख ७८ हजार रुपैयाँ पुगेको छ भने अन्य इक्विटी ४८ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।

विवरण अनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा खुद बीमाशुल्क आर्जन ११.३२ प्रतिशत बढेर ८ अर्ब ३८ करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेर ९ अर्ब ४४ करोड ८९ हजार पुगेको छ । बीमा अभिकर्तालाई कमिशनबापत मात्रै कम्पनीले ७६ करोड ७४ लाख ३५ हजार रुपैयाँ गरेको छ । जुन ३.७९ प्रतिशतको वृद्धि हो । अघिल्लो आवको ६ महीनामा यस्तो रकम ७३ करोड ९३ लाख ७६ हजार रुपैयाँ रहेको थियो । यस्तै कर्मचारी सुविधा २३ करोड ६१ लाख ८० हजार र अन्य सञ्चालन खर्च ३८ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत पुसभन्दा कर्मचारी सुविधा खर्च ४५.९९ र अन्य सञ्चालन खर्च ६.६९ प्रतिशतले बढेको हो ।

पुससम्ममा कम्पनीको टोटल इन्फोर्समेन्ट पोलेसी १५ लाख ९२ हजार ७७६ ओटा रहेको छ । कम्पनीमा बीमालेख त्याग (सरेन्डर) रकम भने अघिल्लो पुसभन्दा १८.४० प्रतिशतले बढेर १८ करोड ५ लाख ३० हजार पुगेको छ । यसमा कम्पनीले न्यूनिकरणतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
त्यसैगरी इन्स्योरेन्सको कुल आम्दानी १२.२२ प्रतिशत बढेर ११ अर्ब ५८ करोड ९९ लाख पुगेको छ । कुल खर्च पनि ११.७९ प्रतिशत बढेर १० अर्ब ९० करोड ७० लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको लगानी ८ प्रतिशतले बढेर ६३ अर्ब ४५ करोड ४७ लाख ९९ हजार कायम भएको छ । यस्तै लगानी कर्जा तथा अन्यबाट ४३ करोड ५४ लाख ८ हजार रुपैयाँ कमाएको छ । यो गत पुसभन्दा ७२.४१% बढी हो ।

नेशनल लाइफको जीवन बीमा कोषको आकार ८.६० प्रतिशतले वृद्धि हुँदै ७१ अर्ब ४४ करोड २५ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा सञ्चित थियो ।  चालु आवको अर्ध बार्षिक समीक्षासम्म आईपुग्दा नेशनल लाइफको कुल ८ अर्ब ५६ करोड ७८ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको पुससम्ममा ७ अर्ब ६८ करोड ७१ लाख ९२ हजार रहेकोमा समीक्षा अवधिमा बीमा व्यवसाय ११.४६ प्रतिशतले वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।