सञ्चालनमा आएको छोटो समयमा नै नेपाल सेरामिक इन्डष्ट्रिजको आम्दानी डेढ अर्ब

0
Shares

नेपाल सेरामिक्स इन्डष्ट्रिज प्रालिले सन् २०२३ मा १ अर्बं ५५ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२२ को अप्रिल महिनादेखि सञ्चालनमा आएको कम्पनीले सञ्चालनमा आएको वर्ष २०२२ मा ३३ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ मा कारोबारमा बिक्री हुँदा कम्पनीको सञ्चालन आम्दानी ३६५ प्रतिशतले बढेको हो ।

नेपालमा सेरामिक्स टाइल्स निर्माण गर्ने अग्रणी कम्पनी हो । हाल कम्पनीले ‘नेपोभिट’ ब्रान्डनामबाट सेरामिक टाइल्सहरु उत्पादन गर्दै आएको छ । नेपालकै कच्चा पदार्थ प्रयोग गरी टाइलस उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका लगानीकर्ता मनोज रौनियार र शम्भुनाथ झाले कम्पनी स्थापना गर्नुअघि टाइल्सको आयात गरी बिक्री वितरण गर्दै आएका थिए । पछिल्लो समयमा सरकारले स्थानीय निर्मित टाइल्सको प्रवद्र्धनका लागि आयातीत टाइल्सको भन्सार महशुल बढाएको छ । जसकारण आगामी समयमा पनि नेपाल सेरामीक्स टाइल्सको कारोबार बढ्ने देखिन्छ ।

कम्पनीले १ अर्ब २५ करोड ५२ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले ८५ करोड ४९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ४० करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ०.७ गुणा रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।