बीमाको विकास र रणनीति परिमार्जनमा तथ्यांकको विश्लेषण आवश्यक : अध्यक्ष सिलवाल


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यससम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमासम्बन्धी तथ्यांकको विश्लेषण आवश्यक भएको बताएका छन्।

बीमा प्राधिकरणद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘बीमा तथ्यांक तथा सार्वजनिक निकाय’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आवश्यकता रहेको बताएका हुन् । उनले नागरिकलाई गरिबीको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुनसक्ने उल्लेख गर्दै उनले हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष सिलवालले बीमासम्बन्धी तथ्यांक संकलन, विश्लेषण, शुद्धता र एकरुपताका लागि सम्बद्ध सबै निकायसँग सहकार्य गर्न प्राधिकरण तयार बताए ।  बीमासम्बन्धी तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरुसँग समन्वयात्मक रुपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्यांक तयार गर्ने गरिएको जानकारी दिए।

सबै सरकारी निकायहरुको तथ्यांकमा एकरुपता आउनु आवश्यक रहेको उल्लेख गर्दै रायाले राष्ट्रिय तथ्यांक प्रणालीमा बीमासम्बन्धी तथ्यांकलाई पनि समावेश गर्न र नेपाल बीमाप्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको जानकारी दिए ।

उनले सबै सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता आउनु आवश्यक रहेको उल्लेख गदै राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताए ।  त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृत रुपमा समावेश गर्ने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमासम्बन्धी तथ्यांकको संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझ व्यवस्थित गर्नका लागि प्राधिकरणलाई सम्बद्ध निकायहरुको साथ र सहयोग आवश्यक रहेको बताए । बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा तथ्यांक तथा सार्वजनिक निकायसम्बन्धी प्रस्तुति दिँदै राष्ट्रिय जनगणना गर्दा बीमासम्बन्धी प्रश्नावली पनि समावेश गर्नुपर्ने र राष्ट्रिय तथ्यांक प्रणाली तथा राष्ट्रिय लेखा प्रणालीमा बीमासम्बन्धी तथ्यांक पनि समावेश हुनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्यांक कार्यालय, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग, कृषि विभाग, पशु सेवा विभाग र नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।