ग्रामीण विकास लघुवित्तको नाफा पौने दश करोड

0
Shares

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ करोड ६९ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ नोक्सानीमा थियो ।

नाफा बढेसँगै यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा, प्रति सेयर नेटवर्थ २१० रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ३०.४३ गुणा छ । चुक्ता पुँजी ९८ करोड २५ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा १ अर्ब ८ करोड ५२ लाख ५० हजार रुपैयाँ सञ्चित गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा ४१ करोड ३७ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ४६ करोड ३३ लाख ३४ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी घटेपनि कम्पनीको कर्जा नोक्सानी व्यवस्थाबाट ६ करोड ३३ लाख ७५ हजार फिर्ता हुँदा कम्पनीको सञ्चालन नाफा र खुद नाफा दुबै बढेको हो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा १२ करोड ५९ लाख ऋणात्मक रहेकोमा चालू आवमा ६ करोड ३३ लाख धनात्मक बनेको छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि ८.९१ बाट ७.८३ प्रतिशतमा झरेको छ ।

पुससम्म कम्पनीले ३ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ५३ करोड ६० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर १२ अर्ब ७ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले ३ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब २ करोड ६५ लाख बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर १२ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।