आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ ।

कम्पनीको सेयरमा आवेदन दिन इच्छुक लागनीकर्ताले फागुन ८ गतेदेखि चैत १२ गतेसम्म बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौंमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

बोलपत्र आवेदन फारम ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाण्डौंबाट ५०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर संख्या जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सीमा भन्दा बढी नहुने गरी आवेदक स्वयंले यकिन गरी आवेदन पेश गर्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।