सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग नियुक्त


अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले १०० अंकित दरका २० लाख कित्ताले हुन आउने रकम २० करोडको आईपीओ निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासनको लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । आईपीओ निश्कासनको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका हुन् ।

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २ सय २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण १ सय ३५ करोड नेपाल एस.वि.आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत शेयरमा लगानी भएको छ ।

आयोजनामा फ्रल्वेल इनर्जे भारतको अत्याधुनिक इलेक्ट्रोमेकानिक समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाण्डौ ल्याइनेछ । यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।