अदुवाको मूल्य एक महिनामा प्रतिकेजी ७७ रुपैयाँले वृद्धि, आयात ५ गुणाले बढ्यो


अदुवाको मूल्य एक महिनाको अवधिमा प्रतिकेजी ७७ रुपैयाँ बढेको छ । गत माघ १ गते प्रतिकेजी १५६ रुपैयाँमा किनबेच भएको अदुवा आज फागुन १ गते सम्म आइपुग्दा प्रतिकेजी २३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार अदुवाको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य २५० रुपैयाँ तोकिएको छ ।

यस्तै एक महिनाको अवधिमा अदुवाको आयातमा पनि वृद्धि भएको समितिले जनाएको छ । एक महिनामा अदुवाको आयात ४.७५ गुणले बढेको छ । गत माघ १ गते ८ सय ५० केजी आयात भएको अदुवा माघ २९ गते ३ हजार ८ सय केजी आयात भएको हो ।

यस्तै , एक महिनाको अवधिमा गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले वृद्धि भएको छ । गत माघ १ गते ३५ रुपैयाँमा किनबेभ भएको गाजर मंगलबार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, एक महिनाको अवधिमा हरियो लाम्चो फर्सिको मूल्य प्रतिकेजी ३५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार कालिमाटीमा हरियो लाम्चो फर्सि ७५ रुपैयाँमा किनबेच भइरहेको छ । गत माघ १ गते हरियो लाम्चो फर्सिको औसत मूल्य प्रतिकेजी ४० रुपैयाँ रहेको थियो ।

यस्तै, टाटे सिमीको भाउ पनि एक महिनाको अवधिमा ३५ रुपैयाँले नै वृद्धि भएको समितीले जनाएको छ । मंगलबार कालिमाटीमा टाटे सिमीको औसत मूल्य ७५ रुपैयाँ तोकिएको छ गत माघ १ गते टाटे सिमी प्रतिकेजी ४० रुपैयाँ रहेको थियो ।

यस्तै मंगलबार भिण्डीको औसत मूल्य ११० रुपैयाँ तोकिएको छ गत माघ १ गते भिण्डीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।