अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको भाउमा वृद्धि


बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । अमेरिकी डलर मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ । उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै बुधबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८० पैसा र बिक्री दर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ फागुन २०८०, बुधबार  ०७ : १० बजे