शिक्षक सेवा आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने भएको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि आवेदन दिन सक्ने छन् । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https:\\online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया