निर्जीवन बीमा कम्पनीहरुको मुनाफा तीन अर्ब, नेपाल इन्स्योरेन्सले कमायो सर्वाधिक

0
Shares

सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा ३ अर्ब ८५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अपरिष्कृत वित्तीय विवरण अनुसारको हो ।

गत आवको दोस्रो त्रैमाससम्म १४ निर्जिवन कम्पनीहरुले २ अर्ब १० करोड ९० लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४२.६५ प्रतिशतले वृद्धि भएको हो ।

पुस मसान्तसम्ममा अवधिमा ७ निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २० करोडभन्दा बढी छ । पाँच कम्पनीको खुद नाफा १० करोडभन्दा बढी र एक कम्पनीको दश करोडभन्दा कम छ । एक कम्पनी घाटामा छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये चालु आवको पहिलो ६ महीना अवधिमा गत पुसको तुलनामा १३ ओटा कम्पनीले मुनाफा बढाएका छन् । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स घाटामा रहेको छ । पुस मसान्तमा नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै २३२.३४ प्रतिशतले नाफा बढेको छ । सिद्धार्थ प्रिमियर र दि ओरियन्टल इन्स्योरेन्सको पनि एक सय प्रतिशतभन्दा बढीले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम १४.१८ प्रतिशतले बढेको छ ।

कुन कम्पनीले गते आर्जन गरे नाफा ?

पुससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार सबैभन्दा धेरै खुद नाफा वृद्धि गरेको नेपाल इन्स्योरेन्स कम्पनीले ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको पुसमा कम्पनीले १४ करोड ९७ लाख ८७ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै २३२.३४ प्रतिशतले नाफा बढेको छ । 

यस्तै पुससम्ममा राष्ट्रिय बीमा कम्पनीले ४२ करोड ७२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १४.१८% बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ३७ करोड ४१ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११७.३४% वृद्धि गर्दै ३६ करोड ९ लाख ७६ हजार रुपैयाँ खुद नाफा सहित तेस्रो स्थानमा छ । प्रकाशित वित्तीय विवरण अनुसार दि ओरियन्टल इन्स्योरेन्सको खुद नाफा १००.७२% बढेर २५ करोड ८३ लाख १७ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीले १२ करोड ८६ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्सको खुद नाफा समीक्षा अवधिमा १९.१७% बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ रहेको छ । शिखर चालु आवको अर्धवार्षिक अवधिमा खुद नाफाका आधारमा पाँचौं स्थानमा रहेको छ । गत आवको पुससम्म कम्पनीले २१ करोड ७ लाख १० हजार खुद नाफा कमाएको थियो । यसैगरी नेको इन्स्योरेन्सको मुनाफा २२ करोड १२ लाख ६७ हजार छ । गत आर्थिक वर्षमा १९ करोड २० लाख २५ हजार रहेकोमा समीक्षा अवधिमा १५.२३ प्रतिशत बढेको हो । यस्तै पुस मसान्तसम्मा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा पनि २० करोड ८ लाख ४३ हजार रुपैयाँ रहेको छ । जुन १५.९७% को वृद्धि हो ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा आर्जित खुद नाफा (रु हजारमा)
निर्जीवन  बीमा कम्पनी २०८० पुस  मसान्तसम्म  २०७९ पुस  मसान्तसम्म  अन्तर %
Nepal Insurance 497797.00 149787.00 232.34
Rastriya Beema Company Limited 427258.00 374189.00 14.18
Siddhartha Premier Insurance 360976.00 166086.00 117.34
The Oriental Insurance 258317.00 128695.00 100.72
Shikhar Insurance 251112.00 210710.00 19.17
Neco Insurance 221267.00 192025.00 15.23
Sagarmatha Lumbini Insurance 200843.00 173190.00 15.97
Himalayan Everest Insurance 184349.00 112595.00 63.73
IGI Prudential Insurance 183798.00 121653.00 51.08
United Ajod Insurance 131887.00 89115.00 48.00
Prabhu Insurance 108612.00 77725.00 39.74
Sanima GIC Insurance Company 105591.00 87307.00 20.94
NLG Insurance 87544.00 56863.00 53.96
National Insurance -10755.00 169121.00 -106.36
Total 3008596.00 2109061.00 42.65

 

प्रकाशित विवरणअनुसार चालु आवाको दोस्रो त्रैमासम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६३.७३% ले वृद्धि गर्दै १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पुस मसान्तसम्ममा १८ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको यसै अवधिमा १२ करोड १६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ५१.०८% बढेको हो ।

पुस मसान्तसम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सले १३ करोड १८ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन ४८% बढी हो । गत आवको पुसमा यूनाइटेडको नाफा ८ करोड ९१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विसं २०७९ पुस मसान्तसम्म ७ करोड ७७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको प्रभु इन्स्योरेन्सले चालु आवको सोही अवधिमा ३९.७४% बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ । सानिमा जीआईसी इन्स्योरेन्सले पुससम्म खुद नाफा २०.९४% ले बढेर १० करोड ५५ लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले ८ करोड ७३ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुससम्ममा एनएलजी इन्स्योरेन्सले सबैभन्दा कम ८ करोड ७५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा एनएजीको खुद नाफा ५३.९६% ले बढेको हो । सो अवधिमा कम्पनीको खुद नाफा ५ करोड ६८ लाख ६३ हजार रहेको थियो ।

पुससम्म नेशनल इन्स्योरेन्स कम्पनी भने १ करोड ७ लाख ५५ हजार रुपैयाँ घाटामा छ । गत आवको यसै अवधिमा कम्पनी १६ करोड ९१ लाख २१ हजार मुनाफामा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।