अमेरिकी डलरको भाउ बढ्यो, बिहीबार कुन विदेशी मुद्राको भाउ कति ?


बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेका थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ ।

उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८३ पैसा र बिक्री दर ८६ रुपैयाँ २२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७० पैसा र बिक्री दर २७ रुपैयाँ ८२ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ फागुन २०८०, बिहीबार  ०६ : ५५ बजे