एनएलजी इन्स्योरेन्स लिमिटेडको लाभांश पारित

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीका सञ्चालक समितिको अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा फागुन ३ गते बिहीबार आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले साो लाभांश पारित गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँकाे ५.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश भएको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन बमोजिम आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

सभाले अनुसार जारी तथा चुक्ता पुँजी प्रबन्धपत्रको दफा तथा नियमावलीमा नियममा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।