अमेरिकी डलरको भाउ लगातार बढ्यो


अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ ।

बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा थियो । यस्तै, बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४२ रुपैयाँ ३५ पैसा र बिक्री दर १४३ रुपैयाँ रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ ।

उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८३ पैसा र बिक्री दर ८६ रुपैयाँ ५४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७३ पैसा र बिक्री दर २७ रुपैयाँ ८६ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर १० रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ फागुन २०८०, शुक्रबार  ०६ : ५७ बजे