कुमारी बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बाल कृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् ।

विद्यमान संस्थापक सेयरधनीहरुले आज फागुन ४ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

उक्त समयभित्र म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।