आइजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनु पर्ने छ ।

तोकिएको समय भित्र हाल कायम संस्थापक शेयरधनीहरूको निवेदन नआएमा अन्य व्यक्तिलाई सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघि बढाईने इन्स्योरेन्सले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फागुन २०८०, शुक्रबार  ०८ : ३७ बजे