स्थानिय बजारमा साताको अन्तिम कारोबार दिन छापावाला सुनको भाउ ६०० रुपैयाँले बढेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।
शुक्रबार छापावाला सुनको भाउ १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला १ हजार ३७५ रुपैयाँ कारोबार भएको चाँदी शुक्रबार १ हवनर ४१० रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ०३ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया