ललिता निवास जग्गा प्रकरणमा क-कसले पाए सफाई ? कैद भोग्ने र जग्गा जफत हुनेको सूची यस्तो


विशेष अदालतले ललिता निवास प्रकरणमा फैसला गरेसँगै राजनितिक संरक्षणको विषयलाई लिएर चौतर्फी चर्चा सुरु भएको छ ।

मन्त्रीहरुलाई सफाई दिएको अदालतले कर्मचारी र जग्गा लिएका सबै जग्गाधनीहरुलाई दोषी ठहर गर्दै प्रकरणको फैसला बिहीबार सुनाएको थियो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहिबार जग्गा प्रकरणको फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमीसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाई दिँदै सम्बन्धित अन्य पक्षहरुलाई दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमीसुधार सचिव छविराज पन्तलाई पनि अदालतले दोषी ठहर गरेको छ । नक्कली मोही खडा गरेको ठहर सहित अदालतले उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ ।

यसका साथै अदालतले यस प्रकरणमा शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहितका थप १२ जनालाई दोषी ठहर गरेको छ । जसमा युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी, कलाधर देउजा, सुरेन्द्रमान कपाली लगायत रहेका छन् ।

भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुडलाई पनि दोषी ठहर गर्दै अदालतले दुई वर्ष कैद, बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र जग्गा जफतको फैसला सुनाएको हो ।

यो प्रकरणमा ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई दायर भएको मुद्धामा अदालतले सुनाएको फैसला अनुसार सफाई, सजाय तथा जरिवाना पाउनेहरुको सूची यस्तो छ ।

अदालतले जग्गा प्रकरणमा सफाइ दिएकाहरु

विजयकुमार गच्छदार, पूर्व भौतिक योजना मन्त्री

डम्बर श्रेष्ठ, पूर्वमन्त्री

चन्द्रदेव जोशी, पूर्वमन्त्री

रुद्रकुमार श्रेष्ठ, भूमी सुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक

दिनेशहरि अधिकारी, भूमी सुधारका तत्कालीन सचिव

प्रसाद गौतम, भूमी सुधार तथा व्यवस्थापन विभागका तत्कालीन अधिकृत

पुष्पराज उपाध्याय, भूमी सुधार तथा व्यवस्थापन विभागका पूर्वनिर्देशक

इन्द्रप्रसाद ढुङ्गाना, भूमी सुधार तथा व्यवस्थापन विभागका शाखा अधिकृत

जीवनाथ पोखरेल, मापलोत कार्यालयका तत्कालीन खरिदार

कमल घिमिरे, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी अधिकृत

देवबहादुर लामिछाने, नापी कार्यालय डिल्लीबजारका तत्कालीन सर्वेक्षक

भरतचन्द्र अर्याल, नापी कार्यालय डिल्लीबजारका तत्कालीन अमिन

नापी कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत जनकबहादुर भण्डारी

अशोकनाथ उप्रेती, सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक

राजेन्द्रमान श्रेष्ठ, भवन निर्माण सम्भार डिभिजनका तत्कालीन इन्जिनियर

सुरेशराज राजकर्णिकार, भवन निर्माण सम्भार डिभिजनका इन्जिनियर

बालकृष्ण श्रेष्ठ, भवन निर्माण सम्भार डिभिजनका तत्कालीन सिनियर डिभिजन इन्जिनियर

अर्जुन भण्डारी

हेमाद्री शमशेर जबरा

माधवी सुवेदी

उमाकुमारी ढकाल

 

जग्गा जफत र अन्यमा सफाइ पाएकाहरु

बाबा कार्की

चमेली श्रेष्ठ

रजनी पनेरू

अगम ढुङ्गाना

खेमलाल खरेल

लक्ष्मी ढकाल

६ महिना कैद र सात लाख जरिवानाको सजाय पाउनेहरु

श्रीहरि पुडासैनी, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा

श्यामकुमार खत्री, मालपोतका पूर्वखरिदार

टीकाराम घिमिरे, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत

मोहम्मद साबिर हुसैन, नापी कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत

हुपेन्द्रमणि केसी, भूमी सुधारका तत्कालीन उपसचिव

सुनिती राणा

२ वर्ष कैद र ७५ लाख जरिवानाको सजाय पाउनेहरु

युक्तप्रसाद श्रेष्ठ, मालपोतका तत्कालीन खरिदार

जगतप्रसाद पुडासैनी, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा

कलाधर देउजा, प्रमुख मालपोत अधिकृत

सुरेशमान कपाली, तत्कालीन मालपोत अधिकृत

मुकुन्दप्रसाद आचार्य, भूमी सुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक

 

दुई वर्ष कैद र ७५ लाख जरिवानाको सजाय पाउनेहरु

रुक्म शमशेर जबरा

हाटक शमशेर जबरा

हेमन शमशेर जबरा

सुनिती राणा

शैलजा राणा

 

दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको सजाय पाउनेहरु

छविराज पन्त, भूमी सुधार मन्त्रालयका तत्कालीन सचिव एवं पूर्वमन्त्री

दीप बस्न्यात, भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव

हरिकृष्ण तिमल्सिना, मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत

परशुराम पोखरेल, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत

कृष्णप्रसाद पौडेल, मालपोतका तत्कालीन अधिकृत

प्रकाश नारायण भट्ट, मालपोतका तत्कालीन नायब सुब्बा

टङ्कनाथ पौडेल, मालपोतका तत्कालीन नायब सुब्बा

प्रेमबहादुर खापुङ, मालपोतका तत्कालीन अधिकृत

अर्जुन खतिवडा, मालपोतका तत्कालीन नायब सुब्बा

शङ्करप्रसाद सुवेदी, भूमी सुधार कार्यालय काठमाडौँका तत्कालीन भूमी सुधार अधिकारी

अङ्गुर सिग्देल, भूमी सुधारका तत्कालीन नायब सुब्बा

केदारप्रसाद श्रेष्ठ, भूमी सुधारका तत्कालीन नायब सुब्बा

शोभाकान्त ढकाल

रामकुमार सुवेदी

मीनबहादुर गुरुङ (भाटभटेनीका सञ्चालक)

 

एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपैयाँ जरिवानाको सजाय पाउनेहरु

रामेश्वर बिडारी, गुठी संस्थानका तत्कालीन वरिष्ठ सहायक

हरिबोल आचार्य, गुठी संस्थानका तत्कालीन मुख्य अधिकृत

सेमन्तराज चापागाईं, गुठी संस्थानका तत्कालीन प्रशासक

तुलसी पोखरेल, गुठी संस्थानका तत्कालीन सहायक प्रशासक

हेमराज सुवेदी, गुठी संस्थानका तत्कालीन सहप्रशासक

हरिप्रसाद जोशी, गुठी संस्थानका तत्कालीन उपप्रशासक

बलिरामप्रसाद तेली, गुठी संस्थानका तत्कालीन प्रशासक

दिलिपकुमार भट्ट, गुठी संस्थानका तत्कालीन कामु प्रशासक

नवराज पौडेल, गुठी संस्थानका तत्कालीन सहायक

शैलेन्द्र पौडेल, गुठी संस्थानका तत्कालीन सहायक प्रशासक

जयप्रसाद रेग्मी, गुठी संस्थानका तत्कालीन उपप्रशासक

तेजराज पाण्डे, भूमी सुधार मन्त्रालयका तत्कालीन सहसचिव

फणीन्द्रप्रसाद दाहाल, मालपोतका तत्कालीन नायब सुब्बा

मणिकुमार राना, मालपोतका तत्कालीन नायब सुब्बा

बद्रीबहादुर कार्की, मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत

लक्ष्मीनारायण उप्रेती, मालपोत कार्यालयका तत्कालीन उपसचिव

निदेशप्रसाद शर्मा, मालपोतका तत्कालीन अधिकृत

 

फरक फरक जरिवाना र सजाय पाउनेहरु

हर्ष महर्जन, दुई वर्ष कैद र ४४ लाख ८० हजार जरिवाना

श्रीकृष्ण महर्जन, दुई वर्ष कैद र एक करोड ९० लाख ४० हजार जरिवाना

देवनारायण महर्जन, दुई वर्ष कैद र दुई करोड ९७ लाख ६० हजार जरिवाना

बाबुराजा महर्जन, दुई वर्ष कैद र तीन करोड ४४ लाख जरिवाना

कान्छा महर्जन, दुई वर्ष कैद र ५२ लाख ८० हजार जरिवाना

मचानानी महर्जन, दुई वर्ष कैद र एक करोड ५५ लाख २० हजार जरिवाना

तीर्थमाया महर्जन, दुई वर्ष कैद र ६७ लाख २० हजार जरिवाना

रेना गुरुङ, दुई वर्ष कैद र दुई करोड २७ लाख २० हजार जरिवाना

ग्वाराभाइ महर्जन, दुई वर्ष कैद र एक करोड ८८ लाख ८० हजार जरिवाना

तीर्थमाया महर्जन, दुई वर्ष कैद र तीन करोड ९० लाख ४० हजार जरिवाना

देवनारायण महर्जन, दुई वर्ष कैद र तीन करोड ६ लाख ७२ हजार जरिवाना

इन्द्रबहादुर थापा क्षेत्री, दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिवाना

शान्ति मल्ल प्रधानाङ्ग, दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिवाना

मिठुदेवी चापागाईं, दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिवाना

सरस्वती कुमारी श्रेष्ठ, दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिवाना

निर्मलादेवी श्रेष्ठ, दुई वर्ष कैद र दुई लाख ७१ हजार ९०० जरिवाना

मोहनप्रसाद भट्टराई, दुई वर्ष कैद र चार लाख ६४ हजार २०० जरिवाना

वैकुण्ठ शर्मा रेग्मी, दुई वर्ष कैद र एक लाख ५० हजार जरिवाना

खिमादेवी आङबुहाङ, दुई वर्ष कैद र दुई लाख ८६ हजार जरिवाना

शशीकला सुब्बा, दुई वर्ष कैद र एक लाख ७८ हजार २०० जरिवाना

विद्या पौडेल गौतम, दुई वर्ष कैद र एक लाख ३१ हजार ३०० जरिवाना

सोदाकुमारी चापागाईं, दुई वर्ष कैद र ९३ हजार ७५० जरिवाना

भुवनकुमारी चौलागाईं, दुई वर्ष कैद र सात लाख ५९ हजार ४०० जरिवाना

उर्मिला शाह, दुई वर्ष कैद र दुई लाख ८६ हजार जरिवाना

रामनाथ घिमिरे, एक लाख ७८ हजार २०० जरिवाना

रामकल्याण अधिकारी, दुई वर्ष कैद र सात लाख ५९ हजार ४०० जरिवाना

 

जग्गा जफत ठहर भएकाहरु

गैरआवासीय नेपाली संघ

भाटभटेनी सुपरमार्केट

डिएलएफ डेम्लपर्स

कनक हर्बल

शर्मिला शाका वज्राचार्य

प्रगति कंसाकार

मनोजकुमार केडिया

मनोजकुमार गौतम

मन्ती गोर्खाली

निकिता तुलाधार

अभिताम्भ तुलाधार

युरिशोभा तुलाधार

रेणुका वज्राचार्य

सुविस्ता तुलाधार

उमा प्रसाईं

अञ्जना तुलाधार ताम्राकार

चन्द्रिका कंसाकार तुलाधार

सानुछोरी वज्राचार्य

सिपिका खेतान

सुष्मा बज्राचार्य

सन्ध्या शाका

कामना गुरुङ

कल्याण गुरुङ

सज्जनकुमार चाचान

देवान्सी गोयल

निर्मलादेवी गोयल

सरस्वती घले गुरुङ

सरला घले

कल्पना तुलाधार

सङ्गीता राखेचारकाठोरी बोथरा

नुतन श्रेष्ठ

धर्मशोभा शाक्य

डिम्पल वंशल

सरिता मानन्धर श्रेष्ठ

गीता गौतम खनाल

प्रतिमा वैद्य प्रधान

प्रवीण ताम्राकार

विजय ताम्राकार

द्वारिकादेवी श्रेष्ठ

इन्द्रदेव गुरुङ

इन्दु शर्मा

अच्युतराज श्रेष्ठ

विजेन्द्र जोशी

नितु गुरुङ

रीता ओझा गौतम

रत्नहिरा वज्राचार्य

प्रतिभा वैद्य

सन्दीप ढकाल

भवानी जोशी

द्रीलक्ष्मी श्रेष्ठ

भारती पाण्डे

माया शेर्पा गौचन

महेशराजा तुलाधार

विवेककुमार सुवेदी

केशव तुलाधार

अनितादेवी कंसाकार

गोविन्दलाल सङ्घाई

गायत्री श्रेष्ठ कंसाकार

पञ्चनारायण महर्जन

राधा सिग्देल आचार्य

मचाबाबु प्रजापति

रुपेशकुमार सेवेदी

सरोज ढकाल

ओम वीरमान ताम्राकार

अनिलमान ताम्राकार

पहलमान गुरुङ

पुरुषोत्तम पौडेल

प्रमोद शेरचन

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर , ६५ जनाको जग्गा जफत हुने