सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घट्यो, अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभाव मुख्य कारण


यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मुल्यमा सामान्य कमी आएको बिश्लेषकहरुको आँकलन छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । एक सातामा छापावाला सुनको भाउ प्रतितोला ९०० रुपैयाँ घटेको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला १८ हजार रुपैयाँ तोकिएको थियो । जुन साताको अन्तिम कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँमा सिमित भएको हो ।

आज शनिबार छापावाला सुनको भाउ १ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदीको मुल्य साताको तेस्रो दिन बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगी चौथो र पाँचौं दिन सामान्य घटेर अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ४ सय १० कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ०३ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।