सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ७५ हजार ३०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदको लागि न्युनतम मुल्य प्रति किता मूल्य २४५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले आजदेखि फागुन १४ गतेसम्म आवेदन दिनु पर्ने छ ।

बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाण्डौ तथा तोकिएको कर्पोरेट कार्यालयहरुबाट आवेदन दिनु पर्ने छ।

बोलपत्र आवेदन फारम १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिन्छ । बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मुल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्युनतम पाँच हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ। तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोइदा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

सबैभन्दा बढी मुल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिने लघुवित्तले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ फागुन २०८०, आइतबार  ०८ : ५० बजे