अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको भाउ बढ्यो


आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । आइतबार युरोको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९९ पैसा र बिक्री दर १६७ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ । उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५७ पैसा र बिक्री दर ८६ रुपैयाँ ९६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा र बिक्री दर २७ रुपैयाँ ८५ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५ रुपैयाँ ५० पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ फागुन २०८०, सोमबार  ०७ : १३ बजे