फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा


प्रभु बैंक लिमिटेडले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्युनतम प्रति कित्ता मूल्य ३१५ रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । आम सर्वसाधारणले भने यो पटक आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले चैत ११ गतेसम्म लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, वा प्रभु बैंक लिमिटेड बबरमहलमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले खरीद गर्ने शेयर संख्या र मुल्य खुलाई आवेदन खुलाउनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।