सुनको भाउ दुई दिनमा ९०० रुपैयाँ बढ्यो, सोमबार तोलाको भाउ कति ?


स्थानिय बजारमा छापावाला सुनको भाउ दुई दिनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ । आइतबार ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख १७ हजार ०५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १८ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ फागुन २०८०, सोमबार  १० : ३६ बजे