पुवा खोला–वान हाइड्रोपावरले संस्थापकबाट रकम उठाउँदै

0
Shares

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको लागि आवश्यक खर्च जुटाउन भएको छ । कम्पनीले आईपीओ जारी गर्नका सेयर रजिष्ट्रार कम्पनीलाई समयमा बुझाउनुपर्ने रकमको जोहो संस्थापक सेयर बिक्रीबाट गर्न लागेको हो ।

कम्पनीले संस्थापकहरूबाट चुक्ता गर्न बाँकी रहेको सेयर प्रतिकित्ता १०० रूपैयाँका दरले बिक्री गर्न लागेको हो । विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि पन्ध्र दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आवेदन नदिएमा स्वतः सेयर लिन नचाहेको मानी नयाँ सेयर खरिदकर्ताहरूलाई उक्त सेयर खरीदका लागि आह्वान गरिने जानकारी कम्पनीले दिएको छ ।

विद्यमान संस्थापक सेयरधनीबाट तोकिएको अवधिभित्र पर्न नआएमा पछि कसैको दाबी विरोध गर्न नपाउने समेत कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले सर्वसाधारणमा १९ लाख ४४ हजार ६६० कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव यहि फागुन ३ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।

सर्वसाधारणमा आईपीओ जारी गर्न गत माघ १० गते नै बिक्री प्रबन्धक समत नियुक्त गरिसकेको छ । लक्ष्मी सनराइज क्यापिटललाई कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हो । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले इलाम जिल्लामा ४ मेगावाट क्षमताको पुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाले विद्युत उत्पादन थालिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।