वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा


जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि अनिश्चिकालीन निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जलेसम्म वीरगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सृजना भएकाले निषेधाज्ञा जारी गरिएको प्रजिअ भुसालले बताए ।

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले बताए । यसैबीच वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ फागुन २०८०, मंगलबार  ०६ : १३ बजे