अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको भाउ बढ्यो


मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार र सोमबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २५ पैसा र बिक्री दर १६८ रुपैयाँ ०१ पैसामा कारोबार भइरहेको छ । उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६६ पैसा र बिक्री दर ८७ रुपैयाँ ०५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ६९ पैसा र बिक्री दर २७ रुपैयाँ ८१ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५ रुपैयाँ ५० पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ फागुन २०८०, मंगलबार  ०६ : ३८ बजे