गार्डियन माइक्रोलाइफले पारित गर्यो आईपीओ निष्कासन गर्ने प्रस्ताव

0
Shares

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, विराटनगरमा आइतबार सम्पन्न भएको इन्स्योरेन्सको साधारण सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्त्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो ।

साथै सभाले गत आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान लगायतका वित्तीय विवरण अनुमोदन गरेको छ ।

त्यस्तै, आगामी चार वर्षे कार्यकालको लागि संस्थापक सेयधनीको तर्फबाट उदिप श्रेष्ठ, डा. जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई, सि.ए. त्रिशिला झुनझुनवाला तथा स्वतन्त्र विज्ञ सञ्चालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।