आइतबार, सोमबार र मंगलबार स्थिर रहेको अमेरिकी डलरको भाउ बुधबार भने सामान्य घटेको छ । बुधबार अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ । उता आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै बुधबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ६१ पैसा र बिक्री दर २७ रुपैयाँ ७३ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया