सुनको भाउमा सामान्य वृद्धि


बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार सामान्य वृद्धि भएको हो ।

बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३० दशमलव ९४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ फागुन २०८०, बुधबार  १० : ४० बजे